पृष्ठभूमि, उद्देश्यहरु, विधिशास्त्र
पृष्ठभूमि
हिमालहरुको कभरेज, त्यहाँ बसोबास गर्ने जनसंख्या र त्यसबाट प्राप्त हुने पारिस्थितिकी वस्तु तथा सेवाहरुले गर्दा हिमालहरु जैविक, सांस्कृतिक र आर्थिक-सामाजिक हिसाबले अत्यन्त महत्वपुर्ण मानिन्छन्। यद्यपि, बढ्दो विश्वव्यापी जनसांख्यिकीय र आर्थिक दबाव तथा उच्च जैविक विविधता र पारिस्थितिकी सेवा मूल्यको संयोजनले हिमालहरूलाई विशेष जोखिममा पार्दछ। त्येसैले हिमालको पारिस्थितिक दिगो सामाजिक-आर्थिक विकास एक आवस्यकता बनेको छ र यो हासिल गर्न दिगो विकास लक्ष (एस. डी. जी) हरुले प्रभावकारी रुपमा निर्देशन गर्दै आएको छ। यस परियोजनाले प्रतिस्पर्धी दिगो विकास लक्षहरु, सिमित स्रोतहरु र जटिल प्रसासनिक संरचनाहरुको सन्दर्भमा हिमाली जैविक विविधता (एस.डी.जी. १५.४) को दिगो व्यवस्थापन र संरक्षणसँग सम्बन्धित विशेष चुनौतीहरूको बारेमा ज्ञान वृद्धि गर्न मद्दत गर्दछ।
उद्देश्यहरु
- इन्टरगभरमेन्टल साईन्स-पोलिसी प्लेटफर्म अन बायोडाइभरसिटी एंड इकोसिस्टम सरभिसेस (IPBES) अन्तर्गतको मुल्यांकन फ्रेमवर्क प्रयोग गरि उप-रास्ट्रिय, रास्ट्रिय र अन्तरास्ट्रिय स्तरमा मानव कल्याण, जैविक विविदता, पारिस्थितिकी र पारिस्थितिकी सेवाको स्तिथि र प्रवृतिको मुल्यांकन गर्ने ।
- अन्तर्राष्ट्रिय, राष्ट्रिय र उप-रास्ट्रिय स्तरमा जैविक विविदता-स्पष्ट एस.डी.जी लक्ष्यहरू र अन्य एस.डी.जी लक्ष्यहरू बीचको अन्तरक्रियाको प्रभावकारिता र दिशात्मकता अध्ययन गर्न, र समन्वयहरू पहिचान गर्ने ।
- यी अन्तरक्रियाहरू सिर्जना गर्न प्रसासनिक, आर्थिक, टेक्निकल, सामाजिक-पारिस्थितिक, सांस्कृतिक, र पर्यावरणीय कारकहरूको भूमिकालाई पहिचान गर्ने ।
- अधिग्रहण गरिएको ज्ञान प्रमुख सरोकारवाला समूहलाई प्रदान गर्ने र वातावरणीय दिगो सामाजिक आर्थिक विकासको लागि सुसंगत उपायहरूको ज्ञान-आधारित मूल्यांकन गर्ने ।
विधिशास्त्र
अध्ययन डिजाइन: यस परियोजनाले स्थानिक स्तरीकृत डिजाइन अन्तर्गत डाटा संकलन र विश्लेषण गरी अन्तरास्ट्रिय, राष्ट्रिय (बोलिभिया, नेपाल, तान्जानिया) र उप-रास्ट्रिय स्तरमा यसको तुलना गर्छ । उप-रास्ट्रिय स्तर अन्तर्गतको अध्ययन साइटहरुले तल्लो पहाडी भूभाग देखि "एस-हाइ-एस-पिपल रेन्ज" सम्म को उचाई ग्रेडिएन्ट, र प्राकृतिक/सुरक्षित देखि भारी प्रयोग भएको भू-उपयोग ग्रेडिएन्ट कभर गर्छ। यी ग्रेडिएन्टहरूले प्रकृति र मानिसहरूको बीच सम्बन्धमा सन्दर्भ-विशेष कारकहरूको प्रभाव, र दिगो विकास प्राथमिकताहरू प्रति समुदायको व्यापक धारणा र व्याख्या बुझ्न सहयोग गर्नेछन् ।
डाटा संकलन: स्थानिक-स्पष्ट र सांख्यिकीय डेटा को संकलन, अनलाइन सर्वेक्षण, साहित्य समीक्षा र अर्ध संरचित अन्तरवार्ता द्वारा IPBES फ्रेमवर्क मा उल्लिखित पक्षहरु तथा एस. डी. जी. सान्दर्भिक विवरणहरुको जानकारी डाटा संकलन बाट गरिने छ।